उद्धार रकम घोटाला काण्डमा छानविन नै नगरी एनआरएनए को दावी : श्रमिकको उद्धारमा आर्थिक हिनामिना गरिएको छैन

लण्डन ।

गैरआवासीय नेपाली संघले अप्ठेरोमा परेका मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा स्थापना गरेको उद्धार कोषको व्यापक दुरुपयोग भएको आरोप लागेको छ ।

सो आरोपको कुनै छानविन नगरी एनआरएनएका प्रवक्ताले महासचिवको निर्देशनमा हत्तारमा प्रेस विज्ञप्ति जारी गरेका छन् । सो विज्ञप्ति अनुसार कुनै पनि हिनामिना नगरिएको उल्लेख गरिएको छ ।

प्रभावित देशहरुमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य तथा सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्लाई समेत जानकारी नदिई कोषको रकम खर्च भइरहेको खुलासा भएको थियो । कोषको दुरुपयोगका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र पीडितले सहयोग पाएकोबारे पनि कुनै जानकारी नगराइएको भन्दै एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले संघका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषदको ध्यानाकर्षण गराएका थिए ।

सो ध्यानाकर्षणलाई कुनै खासै महत्व नदिएका संघका अध्यक्ष पन्त , महासचिव शर्मा र प्रवक्ता छेत्री हिनामिना गर्नेहरुको बचाउमा मैदानमा उत्रिएका छन् ।

कोषको नेतृत्व संघका उपाध्यक्ष डा. बद्री केसीले गरेका छन् । नेपाली जनसम्पर्क समिति, दुबईका अध्यक्ष भुवानीप्रसाद तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा अनियमितता भएको भन्दै छानबिनका लागि मागसहित उल्लेख गरेपछि यो विषय सार्वजनिक भएको थियो । गैरआवासीय नेपाली संघको काठमाडौंस्थित कार्यालयमा कार्यरत कर्मचारीहरु प्रयोग गरेर कोषको दुरुपयोग गरिएको तिमिल्सिनाले उल्लेख गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार