बेलायती डाक्टरको नाममा फेसबुक खोलेर लाखौं ठगी गर्ने पर्वतका युवक पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलायती नागरिक डाक्टर माइकल अलवर्ट नाम राखेको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप मार्फत मानिससँग सम्पर्क गर्ने र विभिन्न बहानामा ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा सो नाम गरेका व्यक्ति पर्वत जिल्ला तक्लाकका घर भई काठमाडौंको टोखामा बस्ने ४५ वर्षका हरिप्रसाद बस्याल रहेको खुलासा भएको प्रहरीले जनाएको छ ।

बस्यालले भारत बाट पीडितलाई सम्पर्क गरी बेलायतबाट आएको पार्सल सामानको भन्सार छुट गराउन रकम मागेको आरोप लगाएका छन् ।

पीडितले विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार जम्मा गर्न लगाएको र ५ लाख २० हजार रुपैयाँ गोंगबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा भेटेर लिएको पीडितले बताएका छन् ।

पीडितको निवेदनका आधारमा प्रहरीले ठगी गर्नेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार