म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेद्वारा सपना रोका मगर ६ लाख रुपैयाँ सहयोग !

लण्डन ।

बीबीसीद्वारा विश्वभरिका १०० प्रभावशाली र प्रेरणादायी महिलाका रूपमा छानिएकी सपना रोका मगरलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले आर्थिक सहयोग गरेको छ । मोना यूकेले सपनालाई ४ लाख रुपैयाँ तथा उनले सञ्चालन गर्ने नयाँ फाउन्डेशनलाई २ लाख गरी ६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

मोना यूकेका कोषाध्यक्ष पदम सुन्दर गर्बुजाले आर्थिक संकलन विवरणमा ४ लाख सपना रोका मगरको शिक्षामा २ लाख सुन्दर सपना रोकाको नयाँ फाउण्डेसनलाई संकलित ६ लाख रुपैयाँ दिइएको हो ।

आर्थिक हस्तान्तरण कार्यक्रममा मोना यूके केन्द्रीय पदाधिकारी, पूर्व अध्यक्ष, टस्टी, सल्लाहाकार, महिला, मोना युथ र मोना भित्रका गाविस समाज अधक्ष्यहरु तथा बेलायतका धेरै म्याग्देलीहरु सहभागी रहेका थिए । आइतबार जुममार्फत म्याग्दी प्रवासी नेपाली संघ यूकेले मगरलाई समग्रमा म्याग्दी र राष्ट्रको गौरव तथा सम्मानको मान्यतालाई मनाउन र उनको उल्लेखनीय उपलब्धिलाई सम्मान गरेको हो ।

सो कार्यक्रममा बोल्दै सपना रोका मगरले आफ्नो तीन वर्षे कार्यकाल कस्तो रह्यो त्यसका बारेमा आफूले समाजबाट तिरस्कृत, बेवास्ता गरिएकाहरुको सेवामा जुटेर लगातार काम गर्दै आएको कुरा बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार