ला लिगामा बार्सिलोनाको जित

काठमाडौं ।

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५–१ ले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले दुई दुई तथा जुनियर फिर्पोले एक गोल गरे । डिपोर्टिभोका लुइस रिओजाले एक फर्काए ।

जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २२ खेलमा ४६ अंक जोडेको छ । डिपोर्टिभो २२ अंकका साथ १६ औं स्थानमा रछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार