अभिनेत्री पामेलाले गरिन् आफ्नै बडीगार्डसँग विवाह

काठमाडौं |

हलिउडकी चर्चित अभिनेत्री पामेला एण्डरसनले सुटुक्क विवाह गरेकी छिन् । उनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसँग विवाह गरेको बताइएको छ ।

केही समयदेखी बडीगार्डसँग नजिक भएकी ५३ वर्षिय पामेलाले सुट्क्क विवाह गरेकी हुन् । उनले क्रिसमसको अवसर पारेर डिसेम्बर २५ तारिखको दिन क्यानडास्थित आफ्नै घरमा विवाह गरेकी हुन् ।

आफुले विवाह गरेको बारे पामेलाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । सन १९९५ मा पहिलो पटक टमीसँग विवाह गरेकी उनको यो छैटौं विवाह हो । पहिलो विवाह गरेको ३ बर्षमा उनले टमीसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

पामेलाले भनेकी छिन् म अहिले त्यही ठाउँमा छु, जहाँ म बस्न चाहान्थे । म त्यो मानिसको साथमा छु, जसले मलाई सच्चा माया गर्छ । पामेलाले आफुहरुको यो विवाह लामो समयसम्म चल्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार