जानिराख्नुस् मृत्यु अघिका यी ६ संकेत !

काठमाडाैं ।

मानिस जन्मिएपछि एक दिन अवस्य मर्नु पर्छ । मृत्युसँग अधिकांश मानिस डराउँछन् । किनकी मानिस मृत्युलाई संसारको सबैभन्दा ठूलो सत्य मान्छन् ।

पहिले केही कुरा ख्याल नगरि मानिस आफ्नो जिवनको धेरै समय खेर फालिरहेका हुन्छन् । जब मृत्यु नजिक हुन्छन् तब उनीहरुलाई धेरै गर्न बाँकी भएको महसुस हुन्छ । कतिपय मानिस आफ्नो आयु थाहा हुने भए पहिले नै गर्न चाहेका र सोचको काम पूरा गर्ने सोच्छन् । तर मृत्यु भन्दा पहिले मानिसमा केही लक्षण देखिने बताइन्छ । हुन त विज्ञानले यस्ता कुरालाई प्रमाणित गरेको छैन । तर यस्ता विश्वासहरुले हामीलाई सावधानी अपनाउन भने मद्दत गर्दछ ।

मृत्युअघि देखिने लक्षणहरु

–खाना पछिको अनुभव
खाना खाइसकेपछि तुरुन्तै भोक लागेजस्तो अनुभव हुन्छ र जति खाएपनि भोक मेटिएको महसुस नहुन मृत्युको संकेत हुन सक्छ ।

–अरुको आँखामा हेर्दा आफ्नो छाँया नदेखिनु
आफुना अगाडि उभिएको मानिसको आँखामा आफ्नो छायाँ देख्न छोड्यो भने उसको आयु एकदम कम छ भन्ने संकेत हुन सक्छ ।

–जो व्यक्तिको शरीरबाट मृत्यु भइसकेको मानिसको झैँ गन्ध आउन थाल्छ र उसले अगरबत्ती, फुल लगायतको सुगन्ध महसुस गर्न छोड्छ उसको आयु अब १५ दिन भन्दा बढी छैन भन्ने संकेत हुन्छ । यस्तो अवस्थामा योगा, ध्यानमा बढी समय दिनु उपयुक्त हुन्छ ।

–जुन व्यक्तिको नाक बाङ्गो हुने, कान कहिले ठाडो कहिले नुहेको हुने, जिब्रो कालो हुने, आँखाबाट पानी बहिरहने र मुख रातो हुन्छ उसको आयु लामो छैन भन्ने संकेत हुन्छ ।

–जसले सपनामा उँट वा गधामा बसेर दक्षिणतर्फ गइरहेको देख्छ उसको मृत्यु तत्काल पनि हुन सक्छ । यस्तो अवस्थामा व्यक्तिले दुवै कान बन्द गरेको अवस्थामा आफ्नै आवाज सुन्न छोड्छ । उसले आँखाको ज्योती पनि गुमाउन थाल्छ ।

–जुन व्यक्तिले सपनामा दिसा र पिसाबभित्र सुन भेट्छ त्यसको आयु १० महिना मात्र हुन सक्छ । त्यसैगरी मृत्यु नजिक भएको व्यक्तिले सपनामा प्रेत, पिचास र सुनको रुख पनि देख्न सक्छ ।

तर अहिले मेडिसिन साइन्सले यस्ता विश्वासलाई इन्कार गर्छ । यस्ता लक्षणलाई विभिन्न रोग र शारीरिक अवस्थाको संकेतका रुपमा भने विज्ञानले पनि स्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार