बालुवाटारअगाडि नागरिक आन्दोलनमा व्यापक लाठीचार्ज, केही प्रदर्शनकारी घाइते

काठमाडौँ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि प्रदर्शनमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले लाठी बर्साएकाे छ । यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहानसमेत भएकाे छ, जहाँ केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित दुई दर्जन अधिकारकर्मी पक्राउ परेका छन् । पहाडी, कृष्ण कँडेलसहित पक्राउ परेका अधिकारकर्मीलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद भंग गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको र आफूबिरोधी व्यक्ति तथा संस्थालाई आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै समाजले सोमबार बालुवाटार अगाडि प्रदर्शन गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार