अस्ट्रेलियन लिगमा सन्दिपको पहिलो विकेट

काठमाडौं ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले अस्ट्रेलियन लिग बिग बासमा दुइ खेलपछि विकेट लिएका छन् ।

होबार्ट हरिकेन्सका सन्दिपले शुक्रबार भएको खेलमा पर्थ कोचर्स विरुद्ध दुइ विकेट लिए । सन्दिपले उत्कृष्ट प्रदर्शन गरेपछि उनको टिम भने पर्थसँग २२ रनले पराजित भयो । टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो ।

सन्दिपलाई हरिकेन्सले छौटौ ओभरमा वलिङमा ल्याएको थियो । उनले आफ्नो पहिलो वलमानै छक्का खाए । तर उत्कृष्ट पुनरागमन गर्दै उनले २६ रन बनाएका लियाम लिभिङस्टोनलाई आउट गरे । योसँगै उनले दुइ खेल देखिको विकेट खडेरी पनि तोडे । बिग बासका अघिल्ला दुइ खेलमा सन्दिप विकेट विहिन भएका थिए ।

सन्दिपले आफ्नो दोस्रो ओभरमा मिचेल मार्शलाई सात रनमा एलबिडब्लु आउट गरे । चार ओभर वलिङ गरेका उनले २७ रन खर्चिएका थिए । पर्थका लागि जस इगंलिसले सर्वाधिक ५८ रनको योगदान दिए । नाथन इलिसले चार विकेट लिए । हरिकेन्सले २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रन मात्र बनाउन सक्यो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार