घरबाहिर सार्वजनिक स्थानमा ग्याजेट/ सामान चोरी हुन वा लुटिनबाट कसरि जोगिने ?

जनजीवनमा कोरोनाको प्रभाव र समय समयको लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन्। सुरक्षा संयन्त्र पनि कमजोर हुदै गएको छ। पछिल्लो समयमा चोरी र लुटपाटका घटनामा वृद्धि भएका छन्।

घरबाहिर, सडक वा सार्वजनिक स्थानहरुमा लुटिन वा चोरी हुनबाट कसरि जोगिन सकिन्छ ? लुटिन वा चोरी हुनबाट बच्ने केही सामान्य तर अत्यन्तै उपयोगी उपयाहरु यस्ता छन् :

– एकान्त ठाउमा वा सुनसानमा फोन प्रयोग नगर्ने। फोन प्रयोग गर्नैपर्ने भएका सकेसम्म हेडफोनको प्रयोग गर्ने। सकेसम्म फोन हातमा नबोक्ने।

– घरबाट, मेट्रोबाट, कामबाट, सपिङ्ग मलबाट बाहिर निस्कदा आफ्नो वरिपरि कस्तो मान्छे छन् वा को छन् हेरेर मात्रै निस्किने।

– सकेसम्म मुलबाटो प्रयोग गर्ने। साना , अध्यारो, सुनसान सडक/ गल्ली प्रयोग नगर्ने।

– महंगा ग्याजेट, घडी, गहना , फोन देखिने गरि प्रयोग नगर्ने वा नलगाउने।

– आफ्नो महंगा सामानहरु, ग्याजेटहरु, सुनचाँदी , गहना सामाजिक संजालमा पोष्ट नगर्ने। यसो गर्दा चिनेका मान्छेहरुले पनि फाइदा लिन सक्छन।

– कामबाट राति अबेर घर फर्किनुपर्ने छ भने सकेसम्म एक्लै नहिड्ने, साथीको समुहमा फर्किने वा आफन्तको सहयोग माग्ने ।

– एउटा फिता भएको झोला एकोहोरो नभिर्ने, सकेसम्म छड्के भिर्ने र अगाडी राख्ने। यसो गर्दा झोला सधै आफ्नो नजरमा हुने भएकोले चोर वा लुटेरालाई लुट्ने साहस गर्न गाह्रो हुन्छ।

– कसैले आफूतिर नराम्रो नियतले आउदै गरेको शंका लागेमा सहयोगको लागि ठुलो स्वरमा चिच्याउने।

– सावधानीका हरेक उपाय अपनाउदा अपनाउदै पनि अप्ठेरो परिस्थिति आएमा सकेसम्म प्रतिकार नगर्ने, मागेको वा आफुसंग भएको कुनै एक बस्तु दिने र आफु सुरक्षित हुने प्रयास गर्ने। ज्यान भन्दा ठुलो कुनै एक फोन वा ग्याजेट हुन सक्दैन। लुटेराहरुसंग प्रायजसो कुनै न कुनै धारिला हतियार हुन्छन , प्रतिकार गर्दा ज्यानको जोखिम हुनसक्छ।

– सावधानी अपनाउदा अपनाउदै पनि घटना भईहालेमा प्रहरीलाई खबर गर्ने वा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्ने।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार