भारतमा कोरोना खोप निर्माण गर्ने कम्पनीमा भीषण आगलागी

नयाँ दिल्ली।

भारतको पुणेमा सीरम इन्स्टीट्यूट अफ इन्डियाको टर्मिनल १ को चौथो र पाचौं तल्लामा भीषण आगलागी भएको छ । अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा निर्माण गर्ने कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको आजतकले जनाएको छ ।

यहि ल्याबमा टीभीबाट बचाउका लागि बीसीजीको खोप बनाउने गरिन्छ थप विवरण आउन बाँकी रहेको जनाइएको छ । आगो निभाउनका लागि दमकल पुगेको र आगो निभाउने काम भइरहेको बताइएको छ । भवनबाट कर्मचारीलाई भने सुरक्षितरुपमा निकालिएको जनाइएको छ ।

सेरमले कोरोनाविरुद्धको भ्याक्सिन कोभिसिल्ड विकास गरेको छ । सोही भ्याक्सिन बिहीबार नै नेपाल आइपुगेको छ । बिहीबार भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो ।

यो भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीको सहकार्यमा विकास भएको हो । आगलागी भएको सेरमको प्लान्ट कोभिसिल्ड भ्याक्सिन उत्पादन प्लान्ट नजिकै रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार