नेपालमा भित्रियो नयाँ प्रजातिको कोरोना भाइरस, ३ जनामा संक्रमण पुष्टि

काठमाडौं ।

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस
पुष्टि भएको हो ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार