सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोक्किँदा दुई जनाको मृत्यु

राधा खनाल, झापा|

पूर्व-पश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा सोमबार बिहान ९ बजे ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

एक जनाको घटनास्थलमै र अर्को एकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्लाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राकेश थापाका अनुसार दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकीको घटनास्थलमै र त्यसमा सवार झापाका सन्तोष श्रेष्ठको उर्लाबारी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार