बागलुङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

शिव बोहोरा, बागलुङ ।

जिल्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टर मध्यपहाडी लोक मार्गको बोक्से खाल्डेदेखि करिब १ सय ५० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।

मंगलबार राति करिब १२ बजे काठेखोला गाउँपालिकाको अक्षेतेदेखि बागलुङ बजार आउँदै गरेको ध १ त ४७१२ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ७ मुनाका २९ वर्षीय केस पुन मगरको रहेका छन् ।

ट्याक्टरका सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मृतक चालकको शव पोस्टमार्टका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार