बेल्जियममा नेपाली : नगरपालिका सदस्यमा चयन हुने पहिलो व्यक्ति बने नेपाली मुलका कृष्ण क्षेत्री !

लुभेन ।

बेल्जियममा गत २०१८ मा भएको स्थानिय चुनाबमा बेल्जियमको त्यतिबेलाको ठुलो पार्टि एनभेआ बाट लुभेन नगर परिषदको उम्म्मेद्वार कृष्ण क्षेत्री अहिले नगरपरिषदमा सदस्यको रुपमा नियुक्त भएका छन्।

त्यतिबेला ६४९ मतका साथ वेटिङ लिस्टमा परेका उनलाई लाई अहिले एक जनाले त्यस परिषदबाट राजिनामा दिदासाथ उहाँको पालो आएको हो।

लुभेन नगरपालिकाले उहालाई यही आउदो जनवरीको २५ तारिकमा कोरोनाको समय भएको हुँदा डिजिटल प्रकृयाबाट सपथ खुवाउने जानकारी लुभेनका NVA अध्यक्षले दिएका छन् ।

यो स्थानमा पुग्ने क्षेत्री बेल्जियमको नेपालीहरुमा पहिलो हुन् । यस NVA पार्टीबाट गत स्थानिय चुनाबमा बेल्जियमको तीन स्थानमा नेपालीहरुले चुनाब लडेका थिए।

कृष्ण क्षेत्रीले अहिले लुभेन शहरमा रेष्टुरेन्ट ब्यावसाय गर्छन । उनि श्रीमती सहित १ छोरी र १ छोराका साथमा बेल्जियममा बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार