खै के दियाे पाेर्चुगलले ?

– योगेन्द्र खरेल

निकै हसिलाे अनुहार भएका , लामाे लामाे कपालसंगै झुप्प दाह्री पालेका , देख्दा चन्चलले स्वभावका जस्ता देखिने तर निकै बौद्धिक ब्यक्ति , निकै शालिन र भद्र स्वभावका एक बाग्लुङेे ठिटाे हुन उनी ।

हामी सीप सिकाै , भाषा सिकाै दक्ष बनाै भन्ने तिर भन्दा आज कुन भट्टिमा जाने कसलाई मुर्गा बनाएर दारुपानी खाने भन्ने तिर ध्यान दिन्छाै । अर्काकाे देखासिखि गर्छाै । फजुल खर्च कटाैती गरि बचत गर्ने तिर ध्यान दिदैनाै अनि कहाँ बाट हुन्छ त पाेर्चुगलकाे बसाइँ सुखद । बेबि सावर , म्यारिज एनिभर्सरि , जन्म दिन , भ्यालेन्टाईन विभिन्न नाममा फजुल खर्च गर्ने बानिकाे अन्त्य गर्नु पर्दछ र थाैरै थारै भए पनि बचत गर्ने बानिकाे बिकास गर्नुपर्दछ । हाेटल रेष्टुरेन्टमा गएर बाेमिट गरुन्जेल दारुपानि खाएमा , बिल धेरै तिरेमा ठुलाे मान्छे बन्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्दछ।

नेपालबाट पाेल्यान्डकाे लागि बिदाई भएर हिडेका उनै विकास शर्माले , त्याे बेला पाेर्चुगल आईपुगिएला भन्ने सायद साेचेका थिएनन हाेला । युरोपेली मुलुक मा जाने र सपरिवार युरोप मै सेटल हुने उनकाे मुख्य उदेश्य रहेछ । उनी पाेल्यान्ड आएर करिब ५/६ महिनाकाे बसाइँमा निकै तनाब बेहाेरेका रहेछन । कम्पनीले कहिले कहाँ कहिले कहाँ काम मा लैजाने , न त खाना काे ठेगान न त बस्नकाेे ठेगान । कागजि प्रक्रिया सबै कम्पनीले गर्छ भन्ने खै के गर्छ के गर्छ । चिनेजानेका काेहि नभएका र नेपाली समेत एकदमै कम भएकाे ठाउमा , पहिलाेे पटक प्रदेशियकाे मान्छेलाई कति पिडा भए हाेला ।

उनले चिनेजानेका केही साथिहरु पाेल्यान्ड हुँदै पाेर्चुगल गए रे भन्ने सुनेपछि उनि पनि पाेेर्चुगल आउने मनसायमा पुगेछन । उनले आफुले चिनेकाे पाेर्चुगलमा रहेकाे साथिलाई साेधेछन , कस्ताे छ ह पाेर्चुगल तिर ? यसकाे जवाफमा उनले सुनेछन , निकै शान्त र सुन्दर छ पाेर्चुगल । तुलनात्मक रुपमा कमाई थाेरै हुने भएता पनि , नेपाली दाजुभाइहरु बिच भाइचारा कायम गर्न सक्ने हाे भने बिदेश छु भन्ने कुरा बिर्स्याईदिन्छ पाेर्चुगल ले । यहाँ आएपछि विभिन्न चरणका कागजि प्रक्रियामा संगै यहाँ टिआर र अन्तत पिआर नै दिन्छ पाेर्चुगल ले । तर धैर्य ,सजग र सम्यमित हुनपर्दछ पाेर्चुगलमा अन्यथा डिप्रेसनकाे सिकार नभईएला भन्न सकिँदन ।

पाेर्चुगलमा यस्ताे उस्ताे दुुुख पायाै , काम पाएनाै , फलानाेढिस्कानाे ले ठग्याे भन्ने सुनिन्छ । फलानाे ठग हाे दलाल हाे भन्ने सुन्दै गर्दा उसकै संगत गर्न र जयजयकार गर्न छाेड्दैनाै । उसलाई नै आबस्यकता भन्दा बढि हिराे बनाउछाै । यहाँ एकले अर्काे लाई ठगदलाल भनेकाे सुनिन्छ तर कानुन बमाेजिम कार्वाही गर्न अगाडि बढेकाे देखिदैन । खै मैले आजसम्म पाेर्चुगलमा एकजना पनि ठगदलाल भेटेकाे छैन दखेकाे छैन । किनकि मेराे मित्रताकाे घेरा निकै साघुराे छ ।

पाेर्चुगलकाे बारे यति कुरा सुनेपछि उनी पाेर्चुगल नै आउने निर्णय गरेछन र पाेर्चुगल आईपुगेछन । यहाँ उनका साथिभाइ भएकाले काम र काेठाकाे लागि धेरै सास्ती बेहाेर्नु नपरेकाे बताउने उनले घरबेटि नेपाली प्रति चै हल्का गुनासाे पाेखे । घरबेटी प्रति गुनासो पाेखेका उनले , घरबेटी र घरमा बस्नेहरु बिच राम्राे सम्बन्ध स्थापित गर्न सकेमा दुबै पक्षलाई राम्रो हुने सम्म भन्न भ्याए । उनी पाेर्चुगल भित्रीएकाे करिब करिब एक हप्ता पछिबाट उनले निरन्तर काम गरि नै रहे । लिगल ईन्ट्रि गर्ने काम सजिलै संग गरेका उनले शाेशल पाउन भने निकै तनाब बेहाेरेकाे बताए तर यसमा पाेर्चुगल प्रति कुनै गुनासाे गरेनन , उनले भने सिमित साधनस्राेत र जनशक्तिका आधारमा यत्राे धेरै आप्रवासीहरुका कामकुराहरु सम्बाेधन हुन ढिला हुनु कूनै आश्चर्यकाे बिषय हाेईन भन्छन उनी ।

उनि पाेर्चुगल छिरेकाे करिब १४/१५ महिनामा टिआर पाउन सफल भए , याे अबधिमा उनले धेरै कमाउन सकेनन तर कमाएकाे बचाउन सके । त्यसैले उनी गर्व गर्दै भन्छन । मैले कति कमाउछु , भन्ने संगसंगै कति बचाउछु त भन्ने महत्त्वपूर्ण कुरा हाे । यसमा म पुर्ण सन्तुष्ट छु । कार्ड आएकाे लगत्तै नेपाल गएका उनी काेराेनाकाे कारण करिब करिब ७ महिनाा जति नेपाल मै राेकिए । यत्रो समय नेपाल बस्दा पाेर्चुगल जाने कुरा के हुने हाेला , कसाे हुने हाेला भन्ने चिन्तामा रुमलिए केही समय ।

उनी भन्छन , करिब ७ महिना नेपाल बसाइँपछि पाेर्चुगल फर्कदा काम गुमिसकेकाे थियाे र नया काम पाउने सम्भावना पनि थिएन , त्यसैले फुन्दाे एप्लाई गरे, एप्लाई गरेकाे करिब करिब ३/४ घन्टा मै एप्रुप भयाे र अहिले काम नभए पनि बसेर खाईरहेकाे छु । यसरी एक प्रदेशि लाई बस्ने खाने कुरा काे ग्यारेन्टी गर्ने देशलाई ; मैले – मलाई केही दिएन , पाेर्चुगल यस्ताेे, उस्ताे भन्न थाले भने त्याे मेराे मुर्खता सिबाय अरु केही हुनै सक्दैन ।

पाेर्चुगलले जताबाट मुन्टिदै आएपनि लिगलाईज गरेकाे छ । काम गर्ने र कार्डकाे लागि प्राेसेस गर्ने अधिकार दिएकाे छ । देशकाे आर्थिक अबस्था अनुसारकाे तलब पाउने ग्यारेन्टी गरेकाे छ । परिवारका सदस्यहरुलाई संगै बस्ने वातावरण दीएकाे छ । समय पुगेपछि सामान्य प्रक्रिया बाट नै पासपोर्ट दिने ब्यबस्था गरेकाे छ । त्याे भन्दा के दिनुपर्ने थियाे पाेर्चुगल ले ? के आउदा बित्तिकै राताे पासपोर्ट र सुतिसुति तलब दिनुपर्ने थियाे त ? याे भनिरहदा उनी अल्लि भावुक र आक्राेशीत देखिन्थे । सायद पाेर्चुगलकाे बिषयमा गरिने नकारात्मक टिप्पणीले उनकाे जिवनमा कतै छाेएकाे थियाे हाेला ।

उनी सम्यमित हुँदै फेरि भन्दै थिए , मलाई त धेरै दिएकाे छ पाेर्चुगल ले । मलाई काम गर्ने अवसर दिएकाे छ , टिआर दिएकाे छ , निश्चित अबधि पछि पासपोर्टकाे लागि अधिकार दिएकाे छ । शान्त शालिन र भद्र हुन सिकाएकाे छ । धैर्यता नै महानता हाे भन्ने कुरा सिकाएकाे छ । परिवारका सदस्यहरुसंगै बस्ने वातावरण दिएकाे छ । याे संकटकाे बेला राेजगारि गुमाएकाे बेला हामी छाै नि भन्दै पाेर्चुगिज सरकारले अभिभावकत्व लिएकाे छ । जुन मेराे लागि आफू जन्मेको देशले गर्न सकेकाे थिएन ,त्याेे पाेर्चुगलले गरेकाे छ। त्यसैले धन्य छ पाेर्चुगल ।

पाेर्चुगलमा यस्ताे उस्ताे दुुुख पायाै , काम पाएनाै , फलानाेढिस्कानाे ले ठग्याे भन्ने सुनिन्छ । तर हामी कति लगनशील र मेहनति छाै , हामिमा सीप के छ भन्ने कुरा हामी कहिल्यै साेच्दैनाै । फलानाे ठग हाे दलाल हाे भन्ने सुन्दै गर्दा उसकै संगत गर्न र जयजयकार गर्न छाेड्दैनाै । उसलाई नै आबस्यकता भन्दा बढि हिराे बनाउछाै । यहाँ एकले अर्काे लाई ठगदलाल भनेकाे सुनिन्छ तर कानुन बमाेजिम कार्वाही गर्न अगाडि बढेकाे देखिदैन । खै मैले आजसम्म पाेर्चुगलमा एकजना पनि ठगदलाल भेटेकाे छैन दखेकाे छैन । किनकि मेराे मित्रताकाे घेरा निकै साघुराे छ ।

फजुुुल खर्च कटाैति गराै , थाेरै भए पनि बचत गराै , शान्त र धैर्य बनाै , एकअर्कामा सहयाेगी बनाै , अरुकाे कुभलाे नचिताउ , नेपाली चेलिबेटी प्रति गिध्दे नजर नलगाउ , देशकाे कानुनकाे पालना गराै , कामलाई सानाेठुलाे भनी बर्गिकरण नगराै यी र यस्ता कुराहरुमा ध्यान दिन सकेमा पाेर्चुगलकाे हाम्रो बसाइँ सुखद हुनेछ । पाेर्चुगलले हामिलाई धेरै दिएकाे छ र दिईरहने नै छ ।

उनी भन्छन , हामी हाम्रा आनिबानि नसुधार्ने अनि दाेष चाहिँ अरुलाई दिने ? पाेर्चुगलकाे करिब दुई अढाई बर्षकाे बसाईकाे क्रममा उनले धेरैलाई चिन्छन तर उनलाई निकै थाेरै ले मात्र चिन्छन । उनि जाडरक्सि खादैनन , हाेटल रेस्टुरेन्ट धाउदैनन । कसै प्रति नराम्रो साेच्दैनन । त्यसैले उनी निकै सन्तुष्ट छन । उनी भन्छन आजसम्म कसैलाई सहयाेग गर्न नसकेकाेमा आत्माग्लानि भन्दा कसैलाई पनि दुख नदिएकाेमा गर्व लाग्दछ । हाे हामीलाई सबै कुरा भर्खर चाहिएकाे छ । टन्न पैसा राताे पासपोर्ट आदिईत्यादि , हामी धैर्य गर्न सक्दैनाै त्यसैले एकअर्कालाई दाेष दिन्छाै । एक अर्काकाे कुरा काट्न मै समय ब्यतित गर्छाै । एकअर्का मा मिलिजुलि सहयाेगकाे आदानप्रदान गर्ने बानि छैन हाम्राे । अर्काकाे सुख देखि नसहने र अर्काकाे दुखमा रमाउने बानि परेका हामी स्वर्ग मै गए पनि सन्तुष्ट हुन सक्दैनाै ।

हामी सीप सिकाै , भाषा सिकाै दक्ष बनाै भन्ने तिर भन्दा आज कुन भट्टिमा जाने कसलाई मुर्गा बनाएर दारुपानी खाने भन्ने तिर ध्यान दिन्छाै । अर्काकाे देखासिखि गर्छाै । फजुल खर्च कटाैती गरि बचत गर्ने तिर ध्यान दिदैनाै अनि कहाँ बाट हुन्छ त पाेर्चुगलकाे बसाइँ सुखद । बेबि सावर , म्यारिज एनिभर्सरि , जन्म दिन , भ्यालेन्टाईन विभिन्न नाममा फजुल खर्च गर्ने बानिकाे अन्त्य गर्नु पर्दछ र थाैरै थारै भए पनि बचत गर्ने बानिकाे बिकास गर्नुपर्दछ । हाेटल रेष्टुरेन्टमा गएर बाेमिट गरुन्जेल दारुपानि खाएमा , बिल धेरै तिरेमा ठुलाे मान्छे बन्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्दछ उनलेे भनेेे ।

फजुुुल खर्च कटाैति गराै , थाेरै भए पनि बचत गराै , शान्त र धैर्य बनाै , एकअर्कामा सहयाेगी बनाै , अरुकाे कुभलाे नचिताउ , नेपाली चेलिबेटी प्रति गिध्दे नजर नलगाउ , देशकाे कानुनकाे पालना गराै , कामलाई सानाेठुलाे भनी बर्गिकरण नगराै यी र यस्ता कुराहरुमा ध्यान दिन सकेमा पाेर्चुगलकाे हाम्रो बसाइँ सुखद हुनेछ । पाेर्चुगलले हामिलाई धेरै दिएकाे छ र दिईरहने नै छ ।

जय पाेर्चुगल !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार