ट्रान्जिट पोइन्टको देश पोर्चुगलबाट जिन्दगी नियाल्दा …

– फुर्वान रायमाझी

पोर्चुगलको राजधानी लिस्बनको मार्टिमुनिज पार्कदेखी भित्रको बाटोमा छिरेपछी भित्तामा थुप्रै थरीका शब्दहरु छन।पोर्चुगल आएको धेरैपछी मैले ती शब्दहरु देखे अर्थात ख्याल राखे।अचेल सधैँ त्यही बाटो हिड्न मन लाग्छ।त्यही शब्दहरुमा आँखा टक्क अड्याएर आफैंसँग बात मार्न मन लाग्छ।भित्तोमा धेरै शब्दहरुमध्ये हाम्रो भाषा मिल्ने शब्द लेखिएको छ “शहनशीलताको शहर लिस्बन”

मलाई धेरै मान्छेहरुले छोडेर जानेहरुको फोटो फेसबुकमा भाइरल बनाएर आलोपालो RIP लेखेको मन पर्दैन। नेपालमा आफन्त साथीभाई मर्दा मलामी जान्छन,बिदेशमा RIP लेख्छन।तब म RIP हरुको आलोपालो स्टाटस र कमेन्टहरुले झन आतंकित महसुस गर्छु, अत्तालिन्छु, डराउँछु र मृत्युलाई सजिलै स्विकार गर्दै आत्मसमर्पण गर्न तयार हुन्छु। लगातार मृत्यु सम्झिन्छु र जिन्दगी यस्तै त रहेछ भन्दै लथालिङ्ग बाँच्न खोज्छु।

यो शब्द पढेर सधै म मुस्कुराउने कोसिस गर्छु।यहि शब्दले मुस्कुराउनुपर्छ भन्ने सिकाएको छ जिन्दगीलाई।यहि शब्दले हरेक मोडहरुलाई सम्हालिन सिकाउँछ।पोर्चुगल बसाईका शुरूवातदेखीका पुरै संघर्षका दिनहरु आँखा वरिपरि घुम्छन।शहनशीलताको शहरमा संघर्ष गर्दागर्दै यहि भुमीमा अस्ताएका नेपालीहरुको सम्झना आउँछ।मन भक्कानिएर सम्हालिन बाध्य हुन्छ।जानेहरुलाई त हाईसुखै हुन्छ,बाँच्नेहरुको पीडामा पीडा अझै थपिन्छ।समबदेना लेख्नेहरुले त भुलिहाल्छन्,कमाएर पाल्ने आशामा लाखौं रिण गरि पठाएको छोरो गुमाउनेहरुले कसरी भुल्छन? युरोपका हजारौं सपना,सहारा र रहरहरु त गुमिहाल्छन,सिउँदो रित्तिएकी चेलीको प्रेमका यादहरु कसरी गुम्छन?

यसपटक पनि पोर्चुगलमा आत्महत्याले एउटा फुर्बान गुमायौं,एकपटक हत्याले गुमायौ,अर्कोपटक रोगले गुमायौ,अर्कोपटक दुर्घटनाले।थुप्रै पटक थुप्रै फुर्बानहरु यसरी नै गुमाउँदै गर्दा बिदामा नेपाल गएको छोरालाई बिदाईमा आमाले आँसु झार्दै सकुशल छिट्टै फर्किनु भन्ने आशीर्वाद दिन्छिन्।श्रीमान सकुशल फर्किन्न कि भन्ने पीर नै श्रीमतीको बिछोडको पीडामा थपिएको आँशुमा देखिन्छ।आखिर मृत्युका हरेक भयंकर प्रकारहरु भोगाईरहेको,देखाईरहेको पोर्चुगल र त्यहि समयलाई त्यसैगरी समबेदना छापिरहेका,लेखिरहेका हामी त्यस्तै जिन्दगीलाई सम्झौता गर्दै स्विकार्न सिक्छौ।

मलाई धेरै मान्छेहरुले छोडेर जानेहरुको फोटो फेसबुकमा भाइरल बनाएर आलोपालो RIP लेखेको मन पर्दैन। नेपालमा आफन्त साथीभाई मर्दा मलामी जान्छन,बिदेशमा RIP लेख्छन।तब म RIP हरुको आलोपालो स्टाटस र कमेन्टहरुले झन आतंकित महसुस गर्छु,अत्तालिन्छु,डराउँछु र मृत्युलाई सजिलै स्विकार गर्दै आत्मसमर्पण गर्न तयार हुन्छु। लगातार मृत्यु सम्झिन्छु र जिन्दगी यस्तै त रहेछ भन्दै लथालिङ्ग बाँच्न खोज्छु।

आत्महत्याको बारेमा म धेरै सोच्छु,झुण्डिएर मरौं वा बीष खाईदिउँ वा ब्यस्त सडकमा जथाभावी झुक्याएर बाटो काट्न थालौं अथवा समुन्द्रको छालसँगै वगेर हराईदिउँ तर यो पनि सोच्छु कि त्यसपछी के हुन्छ? जवसम्म मभित्र त्यसपछी के हुन्छ भन्ने चेतना रहन्छ नि तवसम्म यो निश्चित छ कि म आत्महत्या गर्दिन।

पोर्चुगलमा नेपालीहरुको संख्या थुप्रै छ,मानौँ नेपालको एउटा गाउँपालिका हो। गाउँपालिकामा के छैन? पुलिस छ,चोरी,लुटपाट,ठगी,झैझगडा,अपराध सप्पै छ।राजनिती छ,नेता,भाषण,गुट,उपगुट,चाकडी,चुनाव सप्पै छ।स्वास्थ्य चौकीहरु छन,रोग,चोट,दुर्घटना,कुटपिट,मृत्यु सप्पै छ।त्यहि गाउँपालिकाहरुबाट पोर्चुगल आएका हामी यहाँ सिङ्गो गाउँपालिका छ,यताको गाउँपालिकामा त्यही छ,जे नेपालमा छ।फरक यत्ती छ परदेशमा कामले रोग बिर्साईदिएको छ र रक्सीले थकान तर सत्य यो हो कि कामले कमाएको पैसो भोलीका दिनमा ओखती खाँदा सकिनेछ,रक्सी पोर्चुगलमा धेरै नेपालीहरुको मृत्युको मुख्य कारण भैसकेको छ।

पोर्चुगलमा नेपालीहरुको संख्या थुप्रै छ,मानौँ नेपालको एउटा गाउँपालिका हो। गाउँपालिकामा के छैन? पुलिस छ, चोरी,लुटपाट, ठगी, झैझगडा, अपराध सप्पै छ। राजनिती छ, नेता, भाषण, गुट, उपगुट, चाकडी, चुनाव सप्पै छ। स्वास्थ्य चौकीहरु छन,रोग, चोट, दुर्घटना, कुटपिट, मृत्यु सप्पै छ। त्यहि गाउँपालिकाहरुबाट पोर्चुगल आएका हामी यहाँ सिङ्गो गाउँपालिका छ, यताको गाउँपालिकामा त्यही छ, जे नेपालमा छ।

कहिलेकाही चोकतिर निस्किन्छु,सप्पै साईकोजस्ता लाग्छन् अर्थात अर्धपागल कोहि फुस्किसकेजस्ता पनि।सबै उस्तै लाग्दा आफू बेग्लै लाग्दैन।फेसबुकमा उस्तै देखिन्छन,उस्तै लेख्छन।सबैले सबैलाई अर्धपागलजस्तो भनेर कुरा काट्छन्।मान्छे अर्धपागल,बोल्दाबोल्दै के बोल्छ,बोल्छ?लेख्दालेख्दै के लेख्छ,लेख्छ?चिनेपनी नचिनेजस्तै गर्छ? रातभर सपनीमा कामकै बिषयमा बरबराउँछ।एक्लै बियर धोकेर बाटोमै सुत्छ।अनावश्यक झगडा र बिबादहरु गर्छ।कैले खान्छ,कहिले भोकै हिड्छ।सकारात्मक सोच्दै सोच्दैन।कसैको बिश्वास गर्दैन।अरुलाई मान्छे गन्दैन।हरेक हरेकसँग,आफ्नो अस्तब्यस्त छताछुल्ल पारेर हिड्छ।अरुकै गल्ती खोजिरहन्छ,आफ्नो कमजोरी लुकाउन नसकेर लाज मान्दैन। तनाबै तनाबले बाँचिरहेको समय र ब्यक्तिलाई यस्तै दोष लगाइरहने ठाउँ परदेश हो,पोर्चुगल हो र हामी हौ।

हरेकलाई हरेक अस्तब्यस्त लाग्छ,अव्यवस्थित लाग्छ,ब्यस्त र थाकेको सिपाईजस्तै लाग्छ।थाकेको गोरु र असारे हलीको दैनिकीले शुरूवात भएको परदेशको जिन्दगी त्यसरी नै लगातार बित्ने निश्चित लाग्छ।निरन्तरको उस्तै जिन्दगी सम्झेर सम्हालिन सकेन भने त्यसपछी के हुन्छ सोच्दैन मान्छे।जे सोचेर परदेश आउँछ मान्छे त्यही सोच्ने क्षमता गुम्छ जव,तब उ परदेशमै आत्महत्या गर्छ।

बार्‍ह पन्ध्र लाखसँगै सिङ्गो जिन्दगीको जोखिम मोलेर युरोप भित्रेपछिका कथा बेग्लैछन।देश छाड्दा देखेका सपनाहरुलाइ युरोपमा भोग्दै गरेका संघर्षहरुहरुले थिचोमिचो पार्छन।जिन्दगी सोचेभन्दा बेग्लै लाग्छ।आम्दानी र संघर्ष सोचेभन्दा कम र कठिन लाग्छ।शुरूवातको चरण त्यही सोच्दासोच्दै सकिन्छ।जताततै तनाब,जताततै समस्या,जताततै कठिनाईहरु।भाषा आउँदैन,काम पाउँदैन,काम जान्दैन,कागज बन्दैन,तलब थोरै छ,रिण तिरेर भ्याइएन,ब्याज थपियो,सर्टिफिकेटको महत्व भएन,सीपको प्रयोग भएन।गर्दै नगरेको काम भाँडा माज्दामाझ्दै चिसिएका हातहरु तात्दै तात्दैनन्।युरोप टेकेको परदेशीको परिवारका सदस्यहरुको आबश्यकता र सपनाहरु बेग्लै छन।उता देश बदलिएको छ।गाउँ फेरिएको छ,घर फेरिएको छ।घरका सप्पै परिवारहरु बदलिएका छन।जब सबै त्यहि पैसासंग जोडिन्छन तब यता लखतरान परेको परदेशीलाइ जिन्दगी बेहालझै लाग्छ,बाँचौ या नबाँचौ झै लाग्छ।

बिहान सबेरै निस्केको मान्छे मध्यरातमा घर आउँछ,केही थान सपनाहरु सजाएर भुसुक्कै निदाउँछ थकाइहरुमा। सपनाहरु कागजको टुक्रोसँग जोडिएका छन। सपनाहरु लाइफ बन्छ भन्दै युरोप हिड्दादेखीका छन,थपिएका छन अझै चुलिएका छन। यिनै सपनाहरुको सगरमाथाले जिन्दगी संघर्षशील छ भन्दै प्रमाणित गराउँछ पोर्चुगलमा।

ठ्याक्कै भन्नुपर्दा पोर्चुगल ट्रान्जिट पोइन्ट हो,गन्तव्य होइन।यहाँ त पासपोर्ट पर्खिने हो,मृत्यु होइन।जिन्दगीको यात्रा पर्खाइमै सकिनु हुन्न।ट्रान्जिट पोइन्टमा हरेक मान्छेहरु अलमलिनु नौलो होइन।हामी अलमलिदैमा बर्बाद हुन्नौ,बाटो बिराउन पो हुन्न,आत्तिन पो हुन्न,अत्तालिन पो हुन्न,डिप्रेशनले नशामा फस्न पनि हुन्न।बाटो बिराइरहे त अलपत्र परिन्छ।परदेशमा हामी अलपत्र नपरे हुन्थ्यो झै लाग्छ,लागेर के गर्नु सत्य सत्य नै हुन्छ अर्थात मृत्यु सत्य हुन्छ र लगातार भैरहेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार