काठमाडौं ।
नेपाल विद्यार्थी संघले उल्टो हिँडेर सरकारको विरोध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेविसंघले उल्टो हिँडेर विरोध प्रदर्शन गरेका हुन् ।
नेविसंघका नेता तथा कार्यकर्ताहरु माइतीघर मण्डलबाट उल्टो हिँडेर नयाँ बानेश्वर पुगेका थिए । विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
‘संविधान मिचेर तपाईं उल्टो बाटोमा हिँड्दै हुनुहुन्छ सच्चिनुस् भनेर दबाब दिनलाई उल्टो हिँडेर विरोध गरिएको नेविसंघले जानकारी दिएको छ ।