काठमाडाैँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना व्यक्ति ५० राउन्ड गोली सहित पक्राउ परेका छन् ।
श्री एयरलाइन्सको टिकट काटेर भद्रपुर उड्न लागेका उनलाई प्रहरीले ५० राउन्ड गोलीसहित विमानस्थलमा पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार झापा मेचीनगर नगरपालिका-२ का बद्रीहाङ राई गोली सहित विमानस्थलबाट पक्राउ परेका हुन् । उनी १२ः ४५ बजेको फ्लाइटमा भद्रपुर जान लागेका थिए ।
पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।