रेलिगेसन जोनमा रहेको वेस्ट ब्रमसँग लिभरपुल बराबरीमा रोकियो

लन्डन।

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल रेलिगेसन जोनमा रहेको वेस्ट ब्रमसँग बराबरीमा रोकिएको छ । गएराति भएकाे खेलमा लिभरपुलले ब्रमसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

खेलको १२औं मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । उनले जोए मटिपको पासमा गोल गरेका थिए । एक गोलले अग्रता लिएको लिभरपुलले खेलभर नै बल पोसेसनमा बलियो पकड बनाएपनि आफ्नो अग्रतालाई जोगाउन सकेन ।

खेल सकिन ८ मिनेट बाँकी रहँदा सेमी एजायीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले म्याथुइस पेरेइराको पासमा गोल गरेका थिए । ८९औं मिनेटमा रोबर्टाे फिर्मिनोको हेडरलाई वेस्ट ब्रमका गोलरक्षक जोन्सटोनले बचाउदै लिभरपुलको जित टारे ।

यो बराबरीले पनि शीर्षस्थानमा रहेको लिभरपुलको १५ खेलबाट ३२ अंक पुगेको छ । लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीलाई ३ अंकले पछि पारेको छ । लिभरपुललाई बराबरीमा रोकेको वेस्ट ब्रम ८ अंक जोडेर १९औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार