बिना मास्क नाइट क्लवमा जान नपाएपछि एके–४७ निकालेर अन्धाधुन्ध फायरिङ !

क्यालिफोर्निया।

कोरोनाभाइरसको महामारी चरम स्थितिमा हुँदा पनि मास्क लगाउन नमान्ने मानिसहरुको कमी छैन । मास्क लगाउन नमानेर निकै घातक कदम उठाएको एक घटना अमेरिकामा भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा मास्क नलगाइ एक नाइट क्लवमा छिरेका ३ जनालाई मास्क नलगाएकै कारण क्लवबाट बाहिर निकालियो । यो कुराले ती ३ जना यति रिसाए कि उनीहरुले एके–४७ बन्दूक ल्याए र क्लवमा गोली चलाउन थाले ।

एनबीसी न्यूजका अनुसार उनीहरुको आक्रमणबाट ३ जना घाइते भएका छन् । हेलोविनको रातमा भएको यो घटनापछि पुलिसले तीनै जनालाई पक्राउ गरेको छ ।

३४ वर्षका एजर अयाला, २२ वर्षका डेनियल ओकाम्पो र २० वर्षका जुआन जोसेलाई क्यालिफोर्नियाको सहारा थिएटरबाट मास्क नलगाएका कारण निकालिएको थियो । त्यसपछि उनीहरुले बन्दूक ल्याएर गोली चलाउन थालेका थिए । रिपोर्टका अनुसार एजरले एके–४७ बाट १५ राउण्ड फायर गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार