चर्चित गायक शिव परियार र र्यापर अराज केशव गिरीको “मेरी लक्षिमा” सार्बजनिक

सुरेश जोशी /लिस्बन, पोर्चुगल

नेपाली संगीत जगतका चर्चित गायक शिव परियार र र्यापर अराज केशव गिरीले आफ्नो नँया गित “मेरी लक्षिमा” को भिडियो दर्शकमाझ ल्याएका छन ।यो गीत राम बहादुर पली बोगटी (बि.पी.) ले लेखेका हुन् भने संगीत चक्र बमले भरेका छन् ।उक्त गीतको संगित सयोजन शहस शाक्यले गरेका छन् । भिडियोमा निर्देशन र कोरियोग्राफ बिक्रम चौहानको रहेको छ भने मोडेल सुधिर श्रेष्ठ, गिता ढुगांनाको अभिनय रहेको छ ।

मिलन विश्वकर्माको सम्पादन र कलर संयोजन, प्रकाश खड्काको क्यामेरा र ड्रोन अपरेटर सन्तोष महराको रहेको छ । म्युजिक भिडियोलाई अराज केशव एक्सप्रेस अफिशियल (Araaj Keshav Express) youtube channel मार्फत सार्बजनिक गरिएको छ । स्मरण रहोस अराज केशव तिनै कला साधक हुन् जसले नेपाली सिने जगतमा पहिलो पटक वान सट मुभी जालोको निर्देशन गरेका हुन् ।

मेरी लक्षिमा गीतको म्युजिक भिडियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार