एनआरएनए ले सुदूरपश्चिममा ‘मोबाइल ब्लड बस’ सहयोग गर्ने

लिस्बन |

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदूरपश्चिम  प्रदेशका लागि मोबाइल ब्लड बस सहयोग गर्ने भएको छ ।गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समितिको हिजो सम्प्न्न  सचिवालय बैठकले एनआरएनए मोबाइल ब्लड बैंक परियोजना अन्तरगत दोश्रो बस सुदूरपश्चिम प्रदेशका लागि धनगढीमा  उपलब्ध गराउने अभियान शुरु गर्ने निर्णय गरेको महासचिव  हेमराज शर्माले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समितिको आइतवार सम्पन्न पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।यस अभियानका लागि धनगढी उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटी कैलाली, ह्युमानिटी फाउण्डेसन नेपाल, टीकापुर सरोकार समूह, विश्वका बिभिन्न मुलुकमा रहेका समाज, सुदूरपश्चिम सरकार, सुदूरपश्चिमका परोपकारी संघ संस्थाहरु, समाजसेवीहरुको सकृयता रहने छ ।सो अभियानमा सुदुर पश्चिम नेपाली समाजको सक्रिय सहभागिता र सहयोग सदा झै रहने  थापाले बताए ।

अनुमानित ६१ लाख खर्च लाग्ने यो अभियानमा एनआरएनएको नेतृत्वमा सन्सार भरका एनआरएन , प्रवासमा रहेका सुदुर पस्चिमकस बासिन्दा हरु बाट सहयोग सन्कलन गर्ने लक्ष्य राखिएको छ । सुदुर पश्चिम् प्रदेश भरि सेवा सुबिधा दिने गरि यो बस धनगढी उप महानगर पालिका मार्फत कैलाली रेडक्रसलाई हस्तान्तरण गरिनेछ । बसको संचालन र अन्य आबश्यक सहयोग उपमहानगर पालिकाले कैलाली रेडक्रसलाई प्रदान गर्नेछ ।

संघले शुक्रवार घुम्ती रगत संकलन बस भरतपुर उपमहानगरपालिका मार्फत चितवन रेडक्रसलाई हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार