पोर्चुगलका राष्ट्रपति मार्सेलोद्वारा स्वास्थ्य संकटकाल ७ जनवरीसम्म नबिकरण गर्ने प्रस्ताव !

लिस्बन।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले स्वास्थ्य संकटकाल नबिकरण गरी ७ जनवरी, २०२१ सम्म लम्ब्याउने प्रस्ताव गरेका छन्।

राष्ट्रपति मार्सेलोले राजनीतिक पार्टीका प्रतिनिधि र संसदीय अंगका प्रतिनिधिहरुको छलफलमा सो कुरा बताएका हुन्।

राष्ट्रपति मार्सेलोले बुधबार गर्नुभएको छलफलमा यसपटकको स्वास्थ्य संकटकालमा देशवासीको नाममा सम्बोधन नगर्ने बताएका छन्। उनले राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता गरिसकेकाले देशवासीको नाममा सम्बोधन गर्दा निर्वाचनका अन्य उम्मेदवारमाथि अन्याय हुने बताएका छन्।

राष्ट्रपति मार्सेलोले कानुन नम्बर ४४/८६ को दफा ७ अनुसार स्वास्थ्य संकटकाल नबिकरण हुने र सबै नागरिकहरुले सो कानुनको पालना गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, ” जसले स्वास्थ्य संकटकालको कानुन पालना गर्दैन, उ कानुन अनुसार सजायको भागिदार हुन्छ। ”

उनले अगाडी थपे, ” कोरोना बिरुद्दको लडाई सरकारले आफ्नो दायित्व पुरा गरेर मात्रै जितिने छैन, आम नागरिकको व्यवहार र दैनिक क्रियाकलापले मात्रै नियन्त्रण गर्न सकिनेछ। ”

पोर्चुगलमा कोरोना नियन्त्रणका लागि लगाईएको दोश्रो पटकको संकटकाल २३ डिसेम्बरको मध्यराति सकिदैछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार