प्रीति कौरको नयाँ गीत ‘चिम्लेर आँखा’ सार्वजनिक

काठमाडौँ।

गायिका प्रीति कौरको नयाँ गीत ‘चिम्लेर आँखा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

पप–रक जेनराको उक्त गीत कौरले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन्।

एकातारेको शब्द तथा सुशान्त गौतमले संगीत रहेको यो गीत संघारी स्टुडियोजको ब्यानरमा निर्माण र पोस्ट–प्रोडक्सन भएको हो।  गीतको भिडियो छायांकन प्रतीक केसीले गरेका हुन् भने संगीत संयोजन रिकेश गुरुङ ‘किइज’ ले गरेका हुन्।

चार महिनाअघि कौरले ‘रहर’ म्युजिक भिडियो निकालेकी थिइन्। कौरले धेरै पल्ट जीवनमा (२००४), रिसाउन पाइँदैन (२००४), बेली डान्सर (२०१५), तिम्रै लागि (२०१७) लगायतका विभिन्न नेपाली चलचित्रमा पार्श्व गीत गएकी छन्।         

तीन वर्षअघि ‘तिम्रै लागि’ गीतबाट कमब्याक गरेकी हुन्। 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार