शितलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको ‘लञ्च मिटिङ’ : के भयो छलफल ?

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतलनिवासमा भएको भेटवार्ता झण्डै दुई घण्टा चलेको बताइएको छ । मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली आज विहान ११ बजे राष्ट्रपति निवास पुग्नुभएको थियो । उहाँले बिहानी खाना पनि शीतलनिवासमै खानुभएको शीतलनिवास स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्ताको एजेण्डा नखुले पनि कुनै ’बोल्ड’ निर्णय लिने विषयमा परामर्श भएको स्रोतको भनाइ छ । तर प्रधानमन्त्री कार्यालयले भने उक्त भेटलाई नियमित भनेको छ ।

पार्टीभित्र बढेको विवादको विषयमा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसँग पटक पटक परामर्श लिनुभएको छ । पार्टी सचिवालय बैठकमा प्रष्ट अल्पमतमा पर्नुभएका ओलीसँग संसद बोलाउनुपर्ने बाध्यात्मक अवस्था आइसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार