नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलद्वारा बुल्दीखोलाको पुल उद्घाटन

तनहुँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गर्नुभएको छ । विवादका कारण बुधबार गर्न नपाएको पुलको उद्घाटन नेता पौडेलले बिहीबार दिउँसो गर्नुभएको हो ।

उहाँ सयौँ नेताकार्यकर्ताको उपस्थितिमा पुल उद्घाटन कार्यक्रममा पुग्नुभएको थियो । कार्यक्रममा पौडेलसँगै कांग्रेसका केन्द्रीय सदस्यहरु गाेविन्द भट्टराइ, प्रदिप पाैडेल, शंकर भण्डारी कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता गणेशचन्द्र नेपाली, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत उपस्थित थिए ।

नेकपा कार्यकर्ताले विरोध गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल प्रशासनको आग्रह नटेरी पुल उद्घाटन जानुभएकाे भन्दै प्रहरीले उहाँलाई नियन्त्रणमा लिएर तीन घण्टापछि छाेडेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार