नेपाल सरकारद्वारा सबै अन्तर्राष्ट्रिय उडान खुला !

काठमाडौँ।

नेपालले कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार बुधबारको मन्त्रीपरिषद बैठकले मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको छ ।

नेपालमा १६ वटा मुलुकका २६ वटा वायुसेवाले २१ वटा गन्तव्यबाट काठमाडौंका लागि व्यवसायिक उडान अनुमति लिएका छन् । नेपालसँग अन्तर्राष्ट्रिय उडान हुने मुलुकहरुमा जापान, दक्षिण कोरिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर, मलेसिया, भुटान, थाइल्याण्ड र बंगलादेशबाट उडान हुन्छ । त्यस्तै पश्चिममा भारतसहित मध्यपूर्वी मुलुकहरु कतार, कुबेत, मस्कट, युएई र टर्की छन् । अन्तर्राष्ट्रिय उडानमा नेपालका चार वटा वायुसेवा (नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, बुद्ध एयर र श्री एयरलायन्स) ले अनुमति पाएका छन् ।

नेपालले ०७६ चैत ९ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । ५ महिनापछि भदौं १६ मा शर्तसहित अन्तर्राष्ट्रिय उडान खुकुलो गरिएको थियो । नेपालले पीसीआर नेगेटिभ भएका यात्रुलाई आवागमन खुला गरेको छ भने पर्यटकलाई ७ दिन होटल आइसोलेसन अनिवार्यको नियम बनाएको छ । तर भारत र चीनले अझै पनि निशर्त नियमित उडान खुला गरी सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार