पोर्चुगलको पेनिसेमा गोली चल्यो, दुई बिदेशी नागरिकको मृत्यु !

लिस्बन।

पोर्चुगलको पेनिसेमा गोली चल्दा दुई बिदेशी नागरिकको मृत्यु भएको छ।

मंगलबार बिहान पेनिसेमा दुई जना बिदेशी नागरिक गोली प्रहारबाट घाइते भए। इटालीमा दर्ता गरिएको क्याराभान मोटरघरमा उनीहरु गोलि लागेको अवस्थामा फेला परेका थिए।

प्रहरी र स्वास्थकर्मी घटनास्थलमा पुग्दा गोलीप्रहारबाट घाइते भएका पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो। गोली लागेकी महिलालाई थप उपचारका लागि लिस्बनको सान्ता मारिया अस्पताल ल्याईएको थियो। उपचारका क्रममा ति महिलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले सो घटना हत्यापछिको आत्महत्या भएको जनाएको छ। मृतक पुरुष इटालीका नागरिक रहेको र करिब ६ महिना पहिले पोर्चुगल आएका थिए। मृतक महिला पनि बिदेशी नागरिक रहेको र पेनिसमा बस्दै आएको प्रहरीले जनाएको छ, तर उनि कुन देशकी नागरिक थिईन् भन्ने बारे केही खुलाईएको छैन।

फोटो: सिएम

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार