पोर्चुगलमा स्वास्थ्य संकटकाल अर्को १५ दिनका लागि कडा नियम सहित थप : के के भए कानुन परिवर्तन ?

गणेश पाण्डेय, पोर्चुगल ।

पोर्चुगलमा स्वास्थ्य संकटकाल अर्को १५ दिनको लागि थप गरिएको छ। आज मंगलबारको मध्यरातिबाट स्वास्थ्य संकटकाल अर्को १५ दिनको लागि केही कडा नियम सहित थप गरिएको हो।

पोर्चुगलमा कोरोनाको उच्च जोखिम रहेका २७८ नगरपालीकाहरुलाई नयाँ संक्रमित र मृतकको संख्याको आधारमा जोखिमको ४ तहमा विभाजन गरिएको छ।

पोर्चुगलमा थप गरिएको स्वास्थ्य संकटकाल डिसेम्बर ८ तारिख राति ११:५९ बजेसम्म लागु हुनेछ।

थप गरिएको स्वास्थ्य संकटकालमा २७ नोभेम्बर देखि २ डिसेम्बरसम्म र ४ डिसेम्बरदेखि ८ डिसेम्बरसम्म एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न बन्देज लगाईएको छ।

पर्वको पुर्वसन्ध्यामा बिद्यालय र शिक्षित संस्थाहरु बन्द रहनेछन। त्यस्तै सरकारले निजि क्षेत्रलाई समेत कर्मचारीलाई बिदा दिन निर्देशन दिएको छ।

काममा मासको प्रयोग अनिवार्य गरिएको छ। यसअघि सार्वजनिक स्थान र सडकमा मात्रै मास्कको प्रयोग अनिवार्य गरिएको थियो।

कोरोनाको उच्च जोखिममा सरकारले सुचिकृत गरेका १२७ नगरपालिकामा बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि फर्क्यु लगाईएको छ। सप्ताहन्तका दिन शनिबार र आइतबार ( २८, २९ नोभेम्बर, ५,६ डिसेम्बर ) दिउसो १ बजेदेखि नै अर्को दिनको बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाईएको छ। त्यस्तै सार्वजनिक पर्व बिदाका दिन १ र ८ डिसेम्बरमा पनि दिउसो १ बजेदेखि अर्को दिनको बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाईएको छ।

सार्वजनिक बिदाका पर्वको पूर्वसन्ध्याका दिनमा कोरोनाको उच्च जोखिममा सुचिकृत भएका सबै १२७ नगरपालिकाहरुमा सबै व्यवसायिक प्रतिस्ठानहरु दिउसो ३ बजेदेखि नै अनिवार्य बन्द गर्नुपर्नेछ ।

पोर्चुगलमा हालसम्म कोरोनाक कारण ३ हजार ९७१ जनाको मृत्यु भईसकेको छ। त्यस्तै २ लाख ६४ हजार ८०२ जना संक्रमित भएका छन्।

पोर्चुगलमा दोश्रो चरणको स्वास्थ्य संकटकाल नोभेम्बर ९ तारिखबाट लागु गरिएको हो। कोरोना महामारी शुरु भएपछि मार्च महिनायता पोर्चुगलमा कोरोनाको संक्रमण रोकथाम गर्न संकटकाल पाँचौ पटक थप गरिएको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार