पोर्चुगलमा नेपालीको पिज्जा रेस्टुरेन्ट युरोपको उत्कृष्ट २२ मा छनौट, एकै पटक ४ अन्तराष्ट्रिय अवार्डले पुरस्कृत !

लिस्बन।

पोर्चुगलमा एक नेपालीले सन्चालन गरेको पिज्जा रेस्टुरेन्ट युरोपको उत्कृष्ट २२ मा छनौट भएको छ।

इटालियन खानाका नेपाली सेफ टंक सापकोटाद्वारा संचालित ‘फोर्नो द ओरो’ रेस्टुरेन्ट युरोपमा हरेक बर्ष आयोजना र पुरस्कृत गरिने ” युरोपका उत्कृष्ट पिज्जा रेस्टुरेन्ट अवार्ड ” मा पर्न सफल भएको हो।

‘फोर्नो द ओरो’ को नेपाली अर्थ ” सुनको चुलो ” भन्ने हुन्छ। उक्त रेस्टुरेन्टमा दाउरा बालेर पिज्जा पकाउने चुलोको बाहिरी आवरण सुनले ढाकिएको छ, त्यसैले पनि रेस्टुरेन्टको नाम ‘फोर्नो द ओरो’ अर्थात् ” सुनको चुलो ” राखिएको हो ।

उक्त रेस्टुरेन्ट इटाली बाहिरका उत्कृष्ट १० नेपोलिटान पिज्जा रेस्टुरेन्टमा समेत छनौट र पुरस्कृत भएको छ।

नेपाली इटालियन सेफ सापकोटाको उक्त रेस्टुरेन्ट पोर्चुगलको उत्कृष्ट पिज्जा रेस्टुरेन्टमा समेत सुचिकृत भएको छ।

नेपोलिटान पिज्जाका लागि प्रख्यात उक्त रेस्टुरेन्टले एकै पटक ४ -४ पुरस्कार हात पार्न सफल भएको छ।

” पोर्चुगलको उत्कृष्ट पिज्जेरिया ” ‘ युरोपका उत्कृष्ट २२ पिज्जेरिया ” , ” उत्कृष्ट बियर बिक्री गर्ने पिज्जेरिया “, ” इटाली बाहिरको उत्कृष्ट १० नेपोलिटान पिज्जेरिया ” पुरस्कारले एकैपटक सम्मानित भएपछि आफ्नो मेहनत, पेशागत लगनशीलता र व्यवसायिक इमान्दारिताको कदर भएको बताउछन् सेफ सापकोटा। यो सफलता रेस्टुरेन्टमा काम गर्ने सबै कर्मचारीहरुको सामुहिक प्रयासले मात्रै सम्भव भएको सापकोटाको तर्क छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार