संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग छैन : भीम रावल

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार विघटन गर्ने संवैधानिक अधिकार नभएको बताउनुभएको छ ।

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले आफ्नो अवधि पूरा नहुँदै प्रतिनिधिसभा विघटन हुन नसक्ने बताउनुभएको हो । निश्चित समय नपुगेसम्म प्रतिनिधिसभा विघटनको व्यवस्था संविधानमा नरहेको उहाँले दाबी गर्नुभयो । नेता रावलले कसैको आवेश र उत्तेजनामा सरकार विघटन नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीसँग पनि त्यस्तो अधिकार नरहेको जिकिर गर्नुभयो ।

नेता रावलले कुनै हालतमा पनि नेकपा नफुट्ने ठोकुवा समेत गर्नुभयो । पार्टी फुटाउन सजिलो नभएको उनको भनाइ थियो ।

पार्टी फुट्न सैद्धान्तिक विषय, महत्वपूर्ण राष्ट्रिय विषय र प्रतिनिधिसभामा आवश्यक संख्या पुर्याउनेजस्ता प्रक्रियामा गएको हुनुपर्ने उहाँको भनाइ थियो ।

नेकपाको विवाद सैद्धान्तिक र नीतिगत मतभेद, भागबन्डाका लागि नभई पार्टी विधि प्रणालीबाट चल्नुपर्छ, पार्टीका निर्णय, घोषणापत्र, प्रतिबद्धता, कार्यक्रम कार्यान्वयन गरेर जानुपर्छ भन्ने विषयको विवाद भएको नेता रावलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार