फेसबुकमार्फत १० लाख बढी ठगी, एकजना पक्राउ

स्याङ्जा ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई पक्राउ गरि आइबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले आफूलाई निकै ठूलो समस्या परेको भनी महिलालाई फेसबुकमार्फत साथी बनाएर पटकपटक दश लाख २८ हजार सात सय ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

पक्राउ परेका युवकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार