नेपालमा कोरोनाबाट थप १७ जनाको ज्यान गयो, कोरोनाबाट मृत्यु हुनेको संख्या १२७६ पुग्यो

काठमाडौँ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको ज्यान गएको छ। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टायता नेपालमा २१०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा हालसम्म कुल संक्रमित हुनेको संख्या २ लाख १५  हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

आजको पीसीआर ९८०५ रहेको छ। यससँगै नेपालमा हालसम्म १६३३५५९ जनाको नमूना पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टिनमा ७६७ जना रहेका मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये २८१०६ जना सक्रिय संक्रमित छन्।  आज  २८५८ जना निको भएका छन्। यससँगै हालसम्म १८५६३८ जना संक्रमित निको भएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार