होटल संचालक सहित १३ जना तास जुवाडे पक्राउ

रबिन्द्र यादव, नवलपरासी पश्चिम |

नवलपरासी पश्चिम जिल्लाको एक होटलमा जुवा खेल्दाखेल्दै होटल संचालक सहित १३ जना पक्राउ परेका छन् ।

बर्दघाट नगरपालिका वडा नं २ चिसापानी स्थित रोयल कटेजमा जुवा तास खेल्दै गरेको अवस्थामा १२ जना जुवाडेलाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरेको हो ।

उनीहरूबाट तीन लाख ८७ हजार पाच सय पैसठ्ठी रुपैया नगद सहित होटल संचालक धुर्व भण्डारी लाई समेत पक्राउ गरेको हो ।

अहिले उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसंधान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार