ललितपुरबाट चोरी भएको मिनी ट्रिपर एक महिना पछि नवलपरासी प्रहरीको नियन्त्रणमा ।

रबिन्द्र यादव, नवलपरासी पश्चिम |

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं २ सेमरीमा बेवारिसे अवस्थामा पार्किङ गरी रहेको ट्रिपर प्रहरीको गस्ती टोलीले बरामद गरेको छ ।टिपरको नम्बरको पहिलो अंक केरमेट गरेको सवारी साधन प्रहरीको नियन्त्रणमा फेला पारेको हो।

ट्रिपरलाई बा ३ ख १९४ नं. को महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको मिनि टिपर लामो समयदेखि चेक जाँच गर्दा उक्त टिपरको नम्बरको पहिलो अंक केरमेट गरी हटाई बा ३ ख ८१९४ नं. लाई बा ३ ख १९४ जस्तो गराईएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी
राजु लामाले जानकारी दिए ।

उक्त टिपरको सवारी धनि पत्ता लगाउनको लागि सवारी तथा यातायात ब्यबस्था कार्यालयमा समन्वय गर्दा बा ३ ख ८१९४ नम्बरको ट्रिपर युनाईटेड फाईनान्स लिमिटेडको ऋणी टेक बहादुर भण्डारी र लक्ष्मण श्रेष्ठको नाममा दर्ता भएको खुल्न आएको समेत जानकारी दिए । निज सवारी धनिहरुको मोबाईल नम्बर समेत पत्ता लगाई फोन सम्पर्क गर्दा निजहरुको बा ३ ख ८१९४ नं. को मिनी टिपर २०७७ असोज २७ गते राती २०:०० बजे देखि जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.-८ खरिवोट स्थितबाट हराई रहेको र सो सम्बन्धमा निज सवारी धनिहरुले महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरमा उक्त टिपरको खोज तलासको लागि निवेदन समेत दिएको बुझिन आएको जानकारी प्राप्त भएको छ ।

महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरमा समन्वय गरिएको र उक्त बेवारिसे अवस्थामा फेला परेको टिपरको सनाखतका लागि महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरबाट खटि आएका प्रहरी टोली तथा सवारी धनिहरुको टोलीले सनाखत गर्नुभएको हो । सवारी धनि दर्ता किताबमा उक्त बा ३ ख ८१९४ नं. मिनी टिपर युनाईटेड फाईनान्स लिमिटेडको ऋणी टेक बहादुर भण्डारी र लक्ष्मण श्रेष्ठको नाममा दर्ता भएको पुष्टि हुन गएको हुँदा थप अनुसन्धानको लागि सवारी धनिहरुको रोहवरमा महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरबाट खटि आएका प्रहरीको जिम्मा लगाई महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुर पठाईएको प्रहरी नायव उपरीक्षक सुचना अधिकारी राजु लामाले जानकारी दिएका हुन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार