कोरोना संक्रमित नेता चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ।

कोरोना संक्रमित कम्युनिष्ट नेता चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने  निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्।

कोरोना संक्रमित केसीको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनलाई निमोनिया समेत देखिएकाले उपचारका लागि सहयोग गर्न जनमोर्चाले बुधबार एक विज्ञप्ति जारी गरेर अनुरोध गरेको थियो।

उपचारका निम्ति महँगो शुल्क लाग्ने भएपछि जनमोर्चाले राष्ट्रिय वाणिज्य ब्यांकको खाता नम्बर जारी गर्दै आर्थिक सहयोगको अपिल गरेको थियो। केसी प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री भएका बेला उपप्रधानमन्त्री बनेका थिए। 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार