बार्सिलोनाको लगातार तेस्रो जित

लन्डन।

क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा डीनामो किएभमाथि २-१ को जित दर्ता गरेको छ ।

खेलको चौथो मिनेटमा नै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र डेनिस पोपोभले मेस्सीलाई लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । त्यसको केहि मिनेटपछि नै एन्टोइन ग्रिजमन गोल गर्नबाट चुक्दा अन्सु फातीको प्रहारलाई गोलरक्षकले विफल पारेका थिए ।

पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले एक्पक्सिया आक्रमण बुनेपनि किएभका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा बार्सिलोनालाई थप गोल गर्न दिएनन् । दोस्रो हाफको ६५ औं मिनेटमा भने बार्सिलोना अग्रता दोब्बर पार्न सफल रहयो । अन्सु फातीको क्रसमा जेरार्ड पिकेले हेडरमार्फत गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

७५ औं मिनेटमा घरेलु टोली किएभले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । भिक्टर सिगन्कोभको प्रहार गोलरक्षक नेटोले बचाउन नसक्दा बार्सिलोनाको अग्रता १ गोलमा झर्यो । अर्कोतर्फ उस्मान डेम्बेलेको प्रहारलाई गोलरक्षक रुस्लान नेचेरेस्टले विफल पार्दै सम्भावना जारि नै राखे । दोस्रो रोजाईको टोली उतारेको किएभले खेल अवधिभर दबाब खेपेपनि काउन्टर अट्याकमा भने बार्सिलोनालाई केहि समस्या दिएको थियो ।

यस जितसँगै बार्सिलोना शत प्रतिशत जितको नतिजा कायम राख्न सफल रहयो । पहिलो खेलमा फेरेन्कभारोसलाई पराजित गरेको बार्साले दोस्रो खेलमा युभेन्टसमाथि जित हासिल गरेको थियो । शीर्षस्थानको बार्सिलोनाको ३ खेलमा ९ अंक छ भने दोस्रो स्थानको युभेन्टसको ६ अंक छ । डिनामो किएभ र फेरेन्कभारोसको १-१ अंक छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार