च्याम्पियन्स लिगः डिओगो जोटाको ह्याट्रिकमा लिभरपुल विजयी

लन्डन।

च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुल विजयी भएको छ। रियल मड्रिडले पनि सिजनको पहिलो जित हासिल गरेको छ।

लिभरपुलले एटलान्टालाई ५-० ले हराउँदा डिओगो जोटाले ह्याट्रिक गरे। उनले १६औँ, ३३औँ र ५४औँ मिनेटमा गोल गरे। मोहम्मद सलाह र साडियो मानेले पनि एक एक गोल गरे।

अर्को खेलमा रियल मड्रिडले च्याम्पियन्स लिगमा यो सिजनको पहिलो जित हासिल गरेको छ। रियलले इन्टर मिलनालाई ३-२ गोल अन्तरले हराएको छ। रियलका लागि करिम बेन्जमा, सर्जियो रामोस र रोड्रिगोले गोल गरे। इन्टर मिलानका लागि लाउटारो मार्टिनेज र इभान पेरिसिकले गोल गरे।

यसअघि पहिलो खेलमा रियल पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो। रियलको चार अंक छ र तालिकामा तेस्रो स्थानमा छ।

अन्य खेलमा म्यानचेस्टर सिटीले ओलम्पियाकोसलाई तथा बायर्न म्युनिखले साल्जबर्गलाई पराजित गरे। लोकोमोटिभ मस्को र एट्लेटिको मड्रिडबीचको खेल बराबरीमा सकियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार