हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौँ।

हास्य कलाकार मनोज गजुरेललाई कोरोनाभाइरस संक्रमण भएको छ। सोमबार साँझ फेसबूकमा स्टाटस लेखेर उनले आफू संक्रमित भएको बताएका हुन्।

उनले बिहीबार सामान्य रुपमा टाउको दुखेको र शुक्रबार ज्वरो आएपछि पीसीआर परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको बताएका छन्। बिहीबारदेखि नै घरमा आइसोलेसनमा बसिरहेको उनले जनाएका छन्।

गजुरेलले आफ्ना दाजुलाई अस्पताल लैजाने र ल्याउने गरेको र सोही क्रममा आफू संक्रमित भएको हुनसक्ने उल्लेख गरेका छन्। उनले दाजुलाई पनि कोरोना पोजिटिभ देखिएको बताएका छन्। आफ्ना बाबुनानीहरूलाई भने संक्रमणको कुनै लक्षण नभएको उनले लेखेका छन्।

आफूलाई कडा खालको लक्षण नदेखिएको र होम आइसोलेसनको कडा नियम पालना गर्दै घरेलु उपचार गरिरहेको उनले बताएका छन्।

गजुरेलले कोरोनालाई छिटै जित्ने विश्वास पनि व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार