जाजरकोटमा आगलागी, पाँच घर जलेर नष्ट

जाजरकोट ।

विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ ।

घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिएका छन् ।

आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार