बाँदरलाई हानेको गोलीले एकको मृत्यु

झिमरुक।

प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ ।

नौवहिनी गाउँपालिका ५ डामकोटका ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो ।

बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार