भारतीय गुप्तचर ‘रअ’ प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटेकाे पुष्टि : के कुरा भयो त्यो भेटमा ?

काठमाडाैँ ।

बुधबार अचानक काठमाडाैँ आएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकाे पुष्टि भएकाे छ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख गाेयल र प्रधानमन्त्री ओलीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाउनुभएकाे छ ।

‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ,’ थापाले एक वक्तव्य जारी गर्दै भन्नुभएकाे छ, ‘उहाँ भेटकाे लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।’

साे भेटका क्रममा रअ प्रमुख गाेयलले नेपाल-भारतबीच मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभएकाे थापाकाे भनाइ छ । केही महत्वपूर्ण भेट गरेर गाेयलकाे टाेली बिहीबार नै भारत फर्किसकेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार