एम्बुलेन्स पल्टिँदा २ जना घाइते

सुरेश श्रेष्ठ, दाङ।

तुलसीपुर उपमहानगरपालिका -३ को राम्रीमा एम्बुलेन्स पल्टिँदा चालकसहित २ जना घाइते भएका छन् ।

घाइते हुनेमा चालक तुलसिपुर-१३ दमारगाउँ निबासी ४२ वर्षका ओम बहादुर बिक र बाकेको नेपालगन्ज उपमहानगरपालिका १ धम्बोजी निबासी ३० बर्षका राकेश बस्नेत घाइते भएका छन् ।

घाइते मध्य चालको अबस्था गम्भीर रहेको छ । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

बिरामी छोडेर कपुरकोटबाट नेपालगन्ज फर्किदै गरेको भे १ च ११७९ नम्बरको एम्बुलेन्स तुलसीपुर ३ राम्रीमा बिहान ४ बजे पल्टिएको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार