एनआरएनए पोर्चुगलका प्रवक्ता नै मान्दैनन आचार संहिता : संघभन्दा काँग्रेस पार्टी प्यारो !

लिस्बन।

गैर आवासीय नेपाली संघ पोर्चुगलका प्रवक्तालाई स्थानीय नेपालीसमुदाय र संघभन्दा पनि राजनीतिक पार्टी प्यारो भएको छ। संघको कार्यकाल ११ महिना मात्रै बाँकी रहदा मनोनित भएर प्रवक्ता बनेका रामचन्द्र खनाल खुलेरै काँग्रेस पार्टीको लबिङ् गरिरहेका छन्।

संघको आचार संहिताको बुँदा नम्बर ६ मा स्पष्ट उल्लेख गरिएको छ, ” एनआरएनए एक गैर राजनीतिक संस्था भएकोले यसको एनसिसि र आइसिसिको कार्यसमितिमा रहेका कुनैपनि पदाधिकारीहरु कार्यकाल अवधिभर राजनैतिक सुझाव, विचार र दृष्टिकोण दिनबाट बन्चित गरिएको छ। उनीहरु नेपालको राजनैतिक दलको सदस्य हुनसक्ने तर कार्यकाल अवधिभर राजनैतिक दलको कुनै पनि कार्यकारी पद धारण गर्न पाउने छैनन्। ”

मनोनयनबाट सदस्य हुदै प्रवक्ता बनेका खनालले खुलेरै आफु कांग्रेसको सक्रिय सदस्य रहेको र आफूजस्तै सक्रिय रहेका कांग्रेसका चार लाख सदस्यहरुलाई मौन नबसेर नेपाली कांग्रेस सभापतिलाई समर्थन र डा. भट्टराईको प्रतिकार गर्न आव्हान गरेका छन्। उनले आफ्नो सामाजिक संजालमा आव्हान गर्दै लेखेका छन् , ” डा. भट्टराईले नेपाली काँग्रेसका सभापतिलाई त्यतिठुलो भ्रष्टाचारको आरोप लगाउँदै गर्दा हामी चारलाख सक्रिय सदस्यहरु किन मौन छौ ? लौन साथीहरु दुधको दुध , पानीको पानि गर्न जुटौ।”

संघको प्रवक्ताले नै आचारसंहिता नमानेर राजनैतिक पार्टीको झण्डा बोक्ने र वकालत गर्ने कार्य गरेपछि संघभित्र अरु कसले संस्थागत अनुशासन मान्ला ? प्रवक्ता खनालको उक्त अभिव्यक्तिलाई संघकै अध्यक्ष तिलक गैरेले सचेत गर्नुको सट्टा लाइक गर्दै समर्थन गरेका छन्। प्रवक्ता खनालले कांग्रेसका उच्च नेताहरुसंग भएको एक राजनैतिक छलफलको फोटो गर्व गर्दै सामाजिक संजालको स्टोरीमा समेत राखेका छन्।

काण्डै काण्डमा रुमल्लिएको एनआरएनए पोर्चुगल र यसका पदाधिकारीहरु एक पछि अर्को बिबादास्पद गतिबिधि गर्न कत्तिपनि हिच्किचाउदैनन्। यता नागरिक समाज भने संघ र यसका पदाधिकारीहरुको हर्कतहरु देखेर वाक्क दिक्क भएका छन्। संघको आगामी दिनमा चुनौतीका पहाडहरु तेर्सिएका छन्, आगामी दिनमा संघको नेतृत्व कसरि अगाडी बढ्ला, त्यो हेर्न भने बाँकी नै छ।
फोटो : इएनएन

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार