‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने पक्राउ

काठमाडौं |

नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले प्यूठान झिन्द्रुक गाउँपालिकाका घर भएर नवलपरासीस्थित कावासोती नगरपालिका बस्ने नवीन बस्नेतलाई पक्राउ गरेको हो। उनलाई साइबर ब्यूरोले नवलपरासीबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो।

केही दिनअघि विभिन्न अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेका थिए। त्यसपछि मात्रै यो ग्रुप चर्चामा आएको थियो। उक्त ग्रुपमा अश्लील विषयहरु लेखिएका हुन्थ्ये। सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्त भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि ब्यूरोलाई निर्देशन दिएको थियो।

ब्यूरोका प्रवक्ता एसपी नविन्द अर्यालका अनुसार बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको बताए।

बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका बस्नेतविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदाफ १ बमोजिम कारबाही गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार