बलात्कार जघन्य अपराध हो, तर फासी उचित सजाय हैन : राष्ट्रसंघीय अधिकारी मिसेल बेसलेट

जेनेभा।

संयुक्त राष्ट्रसंघकी एक उच्च अधिकारीले बलात्कारीलाई फासी दिनु उचित सजाय नभएको बताएकी छन् ।

राष्ट्रसंघीय अधिकार प्रमुख मिसेल बेसलेटले हालै बंगलादेशमा बलात्कारीलाई फासीको सजाय दिने व्यवस्थाप्रति लक्षित गर्दै यस्तो बताएकी हुन् । विभिन्न देशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने आवाज उठिरहँदा राष्ट्रसंघीय अधिकार प्रमुख मिसेलले यस्तो प्रतिक्रिया दिएकी हुन् । बलात्कार जघन्य अपराध भए पनि मृत्युदण्ड उचित सजाय नभएको उनको तर्क छ ।

‘यस्तो भयंकर कार्य गर्नेलाई कठोर सजाय दिन सकिन्छ, तर हामीले आफैँ थप उल्लंघन गर्न दिनु हुँदैन,’ मिसेलले विज्ञप्तिमा भनेकी छन् । बंगलादेशमा बिहीबार बलात्कारीलाई मृत्युदण्ड दिनसकिने कानुन बनाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । बंगलादेशमा देशव्यापी आन्दोलनको रुप लिएको २०१२ को सामूहिक बलात्कार प्रकरणका दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । जहाँ १५ वर्षीया किशोरीलाई पाँच जनाले सामूहिक बलात्कार गरेको घटनालाई लिएर प्रदर्शन नै भएको थियो ।

प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने निर्णय गरेपछिको यो पहिलो अपराध हो । राष्ट्रसंघीय अधिकार प्रमुख मिसेलले भने बंगलादेशमा बदलिएको कानुन साथै मृत्युदण्ड दिने अन्य देशबारे पनि टिप्पणी गरेकी थिइन् ।

जस्तै पाकिस्तानमा पनि बलात्कारीलाई सार्वजनिक रुपमा फासी दिने चलन छ । यसबारे पनि उनले टिप्पणी गरेकी थिइन् । साथै मिसेलले धेरैजसो मुलुकमा यौन हिंसाको शिकार भएका व्यक्तिलाई पहिलो स्थानमा न्यायको पहुँच नहुनु समस्या भएको बताइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार