नाम, बदनाम र गुमनाम

-हरिशरण लामिछाने

के नाप्यौ तिमिले ए चर्चितहरु हो
नाम या बदनाम तर नहोस् गुमनाम भनी
आफ्नै मात्र चर्चा चलाएर त्यस्तो ?
यो हल्लै हल्लाको शहर भित्र भित्र
के लछारेउ आखिर ए हुल्लड्बाजहरु हो
आफ्नै मात्र डम्फू बजाएर सस्तो ?

खोज कुना कन्दरामा लुकेका मणिहरु
जो दबेका छन, कतै ओझेलमा परि ।
जसलाई छैन पर्नु लम्पसार कसैको
स्वाभिमानमा बाचेका छन् सधै भरी ।
कतै परिबन्दमा डुबेका पो छन कि
हावामा कतै उडाइएका पो हुन कि?
सडक किनाराका भुइँमान्छे हुन् भनि
समाजबाटै ति बडारिएका पो छन् कि ?

यो नक्कली मयुरको बथानमा कतै
बिरक्तिएको नौरङ्गी डाफे चरी जस्तै
काग र बकुल्लाको रङ्ग नमिलेझै उस्तै
कस्तुरीले बिनाको सुगन्ध खोजे जस्तै
कुन भुत सबार छ मन-मस्तिष्क भित्र?
भौतारिएर होइन एकचित्त भएर सोच
खोज बरु आफुलाइ अब आफै भित्र।

( यो रचना सर्बजनिक जिबनमा नाम चलेका, चर्चित, ख्यातिप्राप्त राजनैतिक, सामजिक, आर्थिक, सास्कृतिक जुनसुकै बिधामा परिचित ( आफू समेत ) ब्यक्ति बिशेष लगायत सबैमा समर्पित छ। खरो प्रतिक्रियाको अपेक्षा छ। )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार