विजय चमारको मृत्यु प्रकरण : गृहद्वारा रौतहटका तत्कालीन एसपी खड्कालाई कारबाही गर्न सिफारिस

काठमाडौं ।

गृह मन्त्रालयले रौतहटका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) रविराज खड्कालाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ ।

गत भदौ ११ गते इलाका प्रहरी कार्यालय, गरूडाको हिरासतमा विजय चमारको मृत्यु भएको थियो । सोही प्रकरणमा एसपी खड्काको कमजोरी देखिएको भन्दै गृहले सोमबार कारबाही गर्न सिफारिस गरेको हो ।

गृहका अनुसार उक्त घटनामा एसपी खड्काको नियन्त्रण र निर्देशन हुनुपर्नेमा त्यस्तो नभएको कारण कारबाही गर्न सिफारिस गरिएको हो ।

त्यस्तै, उक्त घटनामा एसपी खड्काको प्रत्यक्ष रूपमा संलग्न नभएपनि अप्रत्यक्ष रूपमा जिम्मेवारीमा कमजोरी देखिएको गृहले जनाएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय, गरूडाका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर कुमार महत्तोलाई पनि कारबाही गर्न सिफारिस गरिएको गृहले जनाएको छ ।

विजय चमारलाई प्रहरीले सोही ठाउँमा निरञ्जन रामको हत्याको आशंकामा नियन्त्रणमा लिएको थियो । पोष्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु चोटपटकबाटै भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार