नेपालमा एकैदिनमा ११७२ जना कोरोना संक्रमित थपिए, १८९३ जना निको भए

काठमाडौँ।

नेपालमा ११७२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ६७८०४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १८९३ जना रहेको छ। यससँगै मुलुकमा संक्रमणमुक्त हुनेको संख्या ४९९५४ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १७४१४ छ। जसमध्ये ८२२८ संस्थागत आइसोलेसनमा र ९१८६ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टायता ९४४९ जनाको पीसीआर परीक्षण भएको छ।

हाल आइसीयूमा २२० जना भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको छ। पछिल्लो २४ घण्टायता ७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार