नेपालमा कोरोना : थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

काठमाडौँ।

पछिल्लो २४ घण्टायता नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

मृत्यु हुनेमा काठमाडौंमा ६८ वर्षीया महिला र १६ वर्षीय एक पुरुष रहेका छन्।

त्यसैगरी झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, ललितपुरका ७४ वर्षीय र बर्दियका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार